
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ। पक्राउ पर्नेमा लुटुन राना, कृष्ण दियाल विक, खेमबहादुर कडाल र प्रेम सिंह ठगुन्ना रहेका छन्।
प्रहरीका अनुसार लुटुन रानालाई सवारी ज्यान मुद्दामा अदालतबाट रु. २ हजार जरिवाना तोकिएको थियो। त्यस्तै कृष्ण दियाल विकलाई चेक अनादर मुद्दामा रु. १ हजार ५ सय जरिवाना तोकिएको थियो।
खेमबहादुर कडाललाई काटछाँट मुद्दामा १ महिना कैद तथा रु. २ लाख ६३ हजार ६ सय जरिवाना तोकिएको थियो। त्यसैगरी प्रेम सिंह ठगुन्नालाई लागूऔषध मुद्दामा ६ वर्ष कैद सजाय फैसला भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०८३/०५/०४ गते जारी गरेको प्रेस विज्ञप्तिमा उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको उल्लेख छ

