सेती अस्पतालमा हराएको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता

cp new add
Nisharg hospital

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा हराएको नगद रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ।

Nast Ad

गोदावरी नगरपालिका निवासी कल्पना साउदले बिहीबार साँझ अस्पतालको डायलायसिस कक्षबाहिर खसेको अवस्थामा फेला पारेको ८ हजार ३ सय रुपैयाँ सम्बन्धित व्यक्तिलाई बुझाएकी हुन्।

साउदले रकम फेला पारेपछि सुरक्षित राख्दै त्यसको वास्तविक धनीको खोजीका लागि सार्वजनिक रूपमा जानकारी गराएकी थिइन् । उनले सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी रकम लैजानसमेत अनुरोध गरेकी थिइन्।

यसैबीच, बेलौरी नगरपालिका–४ निवासी रामदत्त पन्त र कौशिला पन्तले साउदसँग सम्पर्क गरेका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका उनीहरूले हराएको रकम साउदबाट फिर्ता पाएका छन्।

रकम फेला पारेपछि पनि आफ्नो स्वार्थभन्दा माथि उठेर वास्तविक धनीको खोजी गरी रकम फिर्ता गरेकी साउदको इमानदारीको सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। उनको यो कार्यले समाजमा इमानदारी, जिम्मेवारी र मानवीयताको सकारात्मक सन्देश दिएको भन्दै धन्यवाद समेत दिइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...