४ किलो मासुसहित २ युवक पक्राउ

cp new add
Nisharg hospital

सिरहाको औरही गाउँपालिकामा सशस्त्र प्रहरीले करिब चार किलो काँचो मासुसहित दुई युवक र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

Nast Ad

बरामद मासु कुन जनावरको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ करिब ५:५० बजे औरही गाउँपालिका–५ स्थित गागन खोलामा मनोजकुमार चौधरीको कमान्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका मोहतर खान र सोही ठाउँका मो। अकरोज खान रहेका छन्। सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाका अनुसार शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।

बरामद मासु भारतबाट लुकाइछिपाई नेपालतर्फ ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले मासु कुन जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि कमांडर पठाउने तयारी भइरहेको बताए।

क्वारेन्टाइनबाट परीक्षण रिपोर्ट आएपछि मात्रै घटनामा मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गर्न सकिने एसपी पाठकले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...