पारिश्रमिक वृद्धिपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

Nast Ad

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शनिबार (भदौ ६) संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका छन् । यद्यपि, परिषद्ले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्तिविकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग सम्बोधन गर्न माग गरेको छ ।

प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका निम्ति संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार रुपैयाँ बढाइएको हो ।

योसँगै ईसीडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ । रासस

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...