बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित, माग पूरा गर्न १५ दिने अल्टिमेटम

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित भएका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएको भन्दै स्थानीय फेरि आन्दोलित भएका हुन् ।

Nast Ad

उनीहरूले शनिबार बिहान काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई रोकेका छन् । विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् ।

कुहिने र नकुहिने फोहोर नछुट्याउदा २० वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिच्चेडले ड्याम्प भरिएको छ । १५ दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने स्थानीयले चेतावनी दिएका छन् । काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल-बञ्चरेडाँडा लैजाने गरिएको छ ।

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद आशिका तामाङले विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने बताइन् । अब कागजी सम्झौता नमान्ने उनको चेतावनी छ ।

” सिसडोल–बञ्चरेडाँडा कसैको डम्पिङ साइट होइन। यहाँ पनि मान्छे बस्छन्, हाम्रा आमाबुबा बस्नुहुन्छ, हाम्रा बालबच्चा हुर्किरहेका छन्। अरूको फोहोरको दुर्गन्ध र रोग बोकेर कति वर्ष बाँच्ने ?,” उनले फेसबुकमा लेखेकी छन्,”हिजोसम्म कागजमा धेरै सम्झौता भए, धेरै कमिटमेन्ट आए। तर जनताको जीवनमा के परिवर्तन भयो ? अब फेरि त्यही कागजी सम्झौता गरेर फर्किने हो भने म मान्नेवाला छैन। अब सम्झौता गर्नुपरे त्यही फोहोरको थुप्रोमाथि बसेर गर्न लगाउँछु । यो धम्की होइन, वार्निङ हो। विगतमा भएका सम्झौता अक्षरशः पालना हुनुपर्छ। तत्काल गर्नुपर्ने कामका लागि १५ दिनको समय माग्नुभएको छ। आज १ दिन गयो । हामीले धेरै वर्ष पर्खियौँ। अब कुनै एक्सक्युज किन्तु परन्तु चल्दैन ।”

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...