रसुवाको बाढीमा उद्धार तीव्र, मेडिकल टिमसहित सेनाको एमआई–१७ हेलिकप्टर उड्यो

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली सेनाको एआई- १७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।

Nast Ad

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ । यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए ।

आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । अहिले बाढी नुवाकोट हुँदै धादिङ पुगिसकेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...