बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिन नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका छन् ।

Nast Ad

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीपंक्तिलाई उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका हुन् । ‘नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टीपंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु,’ प्रचण्डले भनेका छन् ।

विपद्को घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आमनागरिक सबै एकजुट भएर उद्दार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।

संयोजक प्रचण्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने खतरा औंल्याउँदै सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल पनि गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...