बाढीबाट घाइते २४ जना रसुवा अस्पतालमा, एक जनाको मृत्यु , ६ गम्भीर

cp new add
Nisharg hospital

काठमाडौं । रसुवामा बाढीपहिरोमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ। उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको छ।

Nast Ad

रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी छ। अस्पतालमा पुगेकामध्ये ६ जना गम्भीर अवस्थाका छन्। उनीहरूलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ। सामान्य चोटपटक लागेका केही घाइतेलाई पनि आवश्यक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको थापाले बताए।

‘बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी छ। अस्पतालले सक्ने उपचार गरिरहेको छ। थप उपचार आवश्यक पर्ने बिरामीलाई ट्रान्सफर तथा रेफर गरिरहेका छौँ,’ उनले भने।

घाइतेको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको अस्पतालले जनाएको छ। उपचार व्यवस्थापनका लागि अस्पतालका स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालय तथा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन भएका छन्। त्यस्तै, नेपाली सेना, सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय पनि उद्धार तथा उपचार व्यवस्थापनमा खटिएका छन्।

बाढी प्रभावित क्षेत्रबाट थप घाइते आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको सूचना अधिकारी थापाले बताए। आवश्यक परे गम्भीर बिरामीलाई तत्काल अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...