भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ ।

उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।

‘नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ । उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ ।

‘शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ,’ समाचारमा भनिएको छ, ‘अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...