
काठमाडौं । रसुवा बाढीका कारण विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।
१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ । सरकारको प्राथमिकतामा उद्धार कार्य रहेको पनि पोखरेलले बताएका छन् ।

