त्रिशूली–३ ए हाइड्रोपावरको टनेल प्रवेशद्वार खोजिँदै

cp new add
Nisharg hospital

त्रिशूली–३ ए हाइड्रोपावर टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ।

उद्धारका लागि १२ भदौदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। विशेषज्ञसहित अहिले ९३ जनाको टोली उद्धार तथा उत्खननमा खटिएको सेनाले जनाएको छ।

ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी टनेलको प्रवेशद्वार खोज्ने काम भइरहेको छ। बाढीको बहाव बढेपछि केहीबेर रोकिएको काम अहिले पुनः सुरु गरिएको छ।

टनेल उत्खननका लागि भारतीय र चिनियाँ विशेषज्ञ टोलीसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...