
२६ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन् ।
मोहना पुल–अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा सुपप्र०१०१० प १५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
सडक छेउमा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते दुवै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ तर उनीहरुको परिचय भने खुलेको छैन ।

