सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

cp new add
Nisharg hospital

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका छन् । जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उनले जोड दिए । आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रक्रियालाई धेरै प्रशासनिकरण गर्दा ढिलाइ भइरहेको उल्लेख गरे ।

उनले भने, ‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ । हामीसँग कार्यविधि छ, संयन्त्र छ । कानूनले नमिल्ने गर्न मिलेन । मिल्ने कुरामा छिटो गरौं । मेयरबाट, सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहीँ पठाइहालौं ।’

जनतामा राहत कोषमा पैसा थुप्रिएको तर प्रभावित क्षेत्रमा पुग्न नसकेको धारणा बनिरहेको उनले बताए । ‘पब्लिक पर्सेप्सन के छ भने राहत कोषमा पैसा थुप्रिरहेको छ, यहाँ पैसा भएन भन्ने छ । हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौं । यसलाई उद्दार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ । सरकारले दुरुपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओइरिएको छ । त्यसैले यसमा ढिलाइ नगरौं ।’ उनले भने ।

अर्थमन्त्रीले पैसा निकासाको विषयमा आजै काम गर्न मुख्य सचिवलाई निर्देशन दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...