सि.पि. अस्पतालद्वारा रसुवा बाढी प्रभावितका लागि ३ लाख ३५ हजार सहयोग

cp new add
Nisharg hospital

धनगढी । धनगढीस्थित सि.पि. अस्पताल प्रा.ली.ले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहतका लागि सहयोग गरेको छ।

अस्पतालले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ३ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ सहयोग रकम जम्मा गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालका कर्मचारी तथा अस्पताल प्रशासनको तर्फबाट स्वेच्छिक रूपमा उक्त रकम राहत कोषमा योगदान गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेहरूको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएका नागरिकहरू सकुशल फेला परून् भन्ने कामना गरेको छ।

अस्पतालले विपद्को यस दुःखद घडीमा प्रभावित परिवारलाई सहयोग गर्न सबैलाई आफ्नो सामर्थ्यअनुसार सहयोगको हात बढाउनसमेत आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...