चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना सङ्कलन

cp new add
Nisharg hospital

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमुना सङ्कलन र पहिचान गर्ने कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ वटा शव फेला परेका छन्। तीमध्ये ३३३ वटा शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

शवहरूको वैज्ञानिक पहिचानका लागि गत भदौ १६ गतेदेखि डीएनए नमुना सङ्कलन सुरु गरिएको थियो। डीएसपी यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डीएनए नमुना सङ्कलन गरिएको छ। जसमा भदौ १६ गते ७ पुरुष, भदौ १७ गते २ महिला, २२ पुरुष र २ भारतीय पुरुष गरी २६ जनाको नमुना सङ्कलन गरिएको थियो। त्यसैगरी, भदौ १८ गते ४ महिला, १४ पुरुष, १ बालक र ३ भारतीय पुरुष गरी २२ जना, भदौ १९ गते १ महिला, ४ पुरुष, १ बालक र १ भारतीय पुरुष गरी ७ जना तथा भदौ २० गते २ महिला, १ पुरुष र ३ बालक गरी ६ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...