भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

cp new add
Nisharg hospital

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। सरकारले आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

प्रहरीका अनुसार बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ शव पहिचान हुन बाँकी छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजार ४६५ सुरक्षाकर्मी खोज, उद्धार तथा राहतमा परिचालित छन्। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट १३ हजार ३९९ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका नागरिकको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। हाल ३ हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन् भने ६ हजार ७३ जनाले स्वास्थ्य सेवा पाएका छन्।

बेपत्ताको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक तथा आफन्त गरी २ हजार ३७६ जनाको डीएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...