
सुर्खेत प्रहरीले जग्गाको विषयलाई लिएर आफ्नै भाइमाथि कालोमोसो दल्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका—१, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मण प्रसाद शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, मंगलबार बिहान ८ः५५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका—२ टेम्पोपार्कमा बस्ने आफ्ना भाइ ६३ वर्षीय नारायण प्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर कालोमोसो छ्यापेका थिए ।
प्रहरी चौकी बाङगेसिमलमा खबर पश्चात् प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा २ जनाको प्रहरी टोली खटेर नियन्त्रणमा लिइएको बोहोराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

