कञ्चनपुरमा नदी किनारमा महिला मृत भेटिइन्

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

शुक्लाफाँटा नगरपालिका–३ को पिपलाडीमा सुनबरा नदीको किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार सोमबार बिहान घरदेखि निस्किएकी खुना दिउँसो नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । उनी शुक्लाफाँट नगरपालिका–१० को मुक्ति टोल बस्ने गरेकी थिइन् ।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...