इन्सपेक्टरले क्यासिनो छिरेकाे प्रमाण दिन चुनाैती दिए,एसपीले रंगेहाते पक्राउ गरिदिए

cp new add
Nisharg hospital

काठमाडौं । गत महिना पर्साको कमाण्ड सम्हालेका एसपी पवन भट्टराईले मातहतका इन्चार्जलाई बारम्बार आफ्नो कार्यशैली सुधार गर्न निर्देशन र चेतावनी दिँदै आएका थिए ।

तर, लामो समयदेखि लाइन खाँदै आएका केही इन्चार्जहरु सुध्रिएका थिएनन् । त्यसमध्ये एक इप्रका पोखरियाका इन्सपेक्टर प्रदीप पौडेल थिए ।

पौडेललाई एसपी भट्टराईले गुनासो आइरहेको भन्दै २–३ पटक नै सुध्रन भनेका थिए । इन्सपेक्टर पौडेलले प्रमाण भए आफुमाथि कारबाही गर्न एसपीलाई फोनमै चुनौती दिए ।

तिनै इन्सपेक्टर पौडेल शनिबार राति क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । गोल्डेन फिंगर गेमिङ जोनबाट  जिल्लाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीसहित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादब र दुई व्यापारी ओमप्रकाश बैठा र चन्दन सहनी छन् । साथै, नेपालीलाई जानीजानी क्यासिनोमा जुवा खेलाउने म्यानेजर परदेशी साहसहित कर्मचारीहरू विजय कुमार पटेल, दिनेश कुमार पटेल र जयदेव साह पनि पक्राउ परेका छन् ।

बदमासी गर्दै आएका इन्सपेक्टर पौडेलले उल्टो ठूला कुरा गरेपछि क्यासिनोमा सो अप्रेसन भएको चर्चा प्रहरीमा छ । पर्सा प्रहरीले सोमबार आठै जनाविरुद्ध जुवा मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ६ दिनको म्याद लिएको छ ।

साथै इन्सपेक्टर पौडेललाई निलम्बनका लागि समेत प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ । – अनलाइन नेपालबाट

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...