
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै पत्रकारले प्रश्न सोध्नुअघि अनुमति माग्ने र जवाफ प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने बताए ।
ओलीले पत्रकारहरूले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने तथा मुखनजिक माइक राख्ने कार्य नगर्न पनि आग्रह गरे ।
‘तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर, त्यस्तो नगर्नुहोस्,’ ओलीले भने ।

