एमालेको सचिवालय बैठक ३ बजेलाई सर्‍यो

cp new add
Nisharg hospital

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजेबाट ३ बजेलाई सरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गरिएको हो ।

उनका अनुसार बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसिरहेको छ ।

‘कार्यदलको बैठक सकिएन । अहिले खाना ब्रेक भएको छ,’ सचिव अधिकारीले भने, ‘खाना खाइसकेपछि कार्यदलको बैठक बसेर सकिएपछि सचिवालय बस्छ ।’

यसैबीच सचिवालय बैठकका लागि दिउँसो १ बजे पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आधा घण्टा बसेर बाहिरिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...