कञ्चनपुरको भीमदत्तमा तस्करी, सामानसहित ९ महिला पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको करिब एक लाख रुपैयाँ बराबरको सामानसहित प्रहरीले ९ महिलालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–११ स्थित भन्सार कार्यालय नजिकबाट मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१० का ३२ वर्षीया ज्योती डगौरा, २४ वर्षीया सोनु डगौरा र २० वर्षीया नेहा चौधरी तथा भीमदत्त नगरपालिका–२ का ३५ वर्षीया तारा कुँवर र ४० वर्षीया भावना चन्द रहेका छन्।

यस्तै भीमदत्त नगरपालिका–८ की ३५ वर्षीया लक्ष्मी नेपाली तथा वडा नम्बर १९ का २४ वर्षीया पशुपती धामी, ४० वर्षीया बिमला चन्द र ३५ वर्षीया मिना धामी पनि पक्राउ परेका छन्।

उनीहरूको साथबाट चिनी, दाल, खाने तेल, सोनपापडी तथा विभिन्न किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको अन्दाजी मूल्य एक लाख रुपैयाँ रहेको छ।

पक्राउ परेका ९ जना र बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...