ग्यास माग्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन

cp new add
Nisharg hospital

 

काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ ।

विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।

उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...