सुन–चाँदीका गरगहना चोरी र खरिदमा संलग्न आरोपमा चार जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२, जडिबुटी बस्ने महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २९ वर्षीय सावन कुशवाहा, तेह्रथुमको आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखाको गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौं महानगरपालिका–३२, नरेफाँट बस्ने भोजपुरको भोजपुर नगरपालिका–५, बोखिम घर भएकी ४३ वर्षीया रमिला विक रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सावन गरगहना चोरी गर्ने व्यक्ति रहेको तथा पबित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विक चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको खुलेको छ। काठमाडौं महानगरपालिका–३२, नरेफाँटस्थित एक घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...