धनगढीको बिग क्याट युवा क्लब बाढी प्रभावित क्षेत्रमा राहत बाड्दै

cp new add
Nisharg hospital

धनगढी । १० भदौमा रसुवाको भोटेकोशीमा गएका बाढीमा परेर प्रभावित भएकाहरुको रहात तथा उद्दारको कार्यमा धनगढीको बिग क्याट युवा क्लबको टोली परिचालित भएको छ ।

क्लबका अध्यक्ष किशोर जोशीको नेतृत्वमा रसुवा पुगेका क्लबका पदाधिकारी तथा सदस्यहरुले प्रभावितहरुलाई राहत तथा उद्दारका कार्यमा सघाइरहेका छन् । क्लबका अध्यक्ष जोशीले प्रभावित क्षेत्रमा पर्ने नुवाकोट क्षेत्रका बासिन्दालाई राहत प्रदान गरिएको जानकारी दिए ।

उनकाअनुसार ज्वालामुखी गाउँपालिका–५ को खरी मैदानमा प्रभावितलाई राहत वितरण गरिएको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरणसँगै प्रभावितलाई खाना खुवाउने काम समेत क्लबले गरिरहेको छ ।

क्लबले खाद्यान्न, लत्ताकपडा समेत उनीहरुलाई सहयोग गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...