बालेनलाई अमरेशको चेतावनी तपाईंको सरकार तासको पत्ता हो !

cp new add
Nisharg hospital

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले सुरुदेखि नै मधेसीमाथि प्रहार गरिरहेको भन्दै बालेन नेतृत्वको सरकारलाई तासको पत्ताको संज्ञा दिएका हुन् ।

‘बिहानै मेरो घरमा भोला पासवान आउनुभएको थियो । उहाँले मलाई बविता पासवानको भिडियो देखाउनुभयो’, सिंहले भने,‘यो राज्य मधेसीप्रति कति पीडादायी छ ?’ वविता पासवानलाई अस्पतालमा बस्ने अधिकार नदिएर बाहिरै सुत्केरी हुनुपरेको सिंहको भनाइ छ ।

वविताको भिडियो देखेर आँखामा आँसु आएको उनले बताए । ‘म यहाँ रुँदिन, म राज्यलाई भन्न चाहन्छु, तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ, तपाईंको यो सरकार तासको पत्ता हो’, सिंहले चेतावनी दिए ।

उनले सरकारले मधेसीलाई सुरुबाटै प्रहार गरेको पनि बताए । ‘तपाईंको सरकार बनेन भने आत्मदाह गर्छु भनेको थिएँ, यही ठाउँबाट भन्न चाहन्छु– तपाईं मधेसीलाई हेप्नुहुन्छ भने नास हुन्छ, सिंहले भने, ‘मधेसीलाई प्रहार सुरुदेखि भएको छ, दीपककुमार साहको बर्खास्त होस् कि गौरीकुमारी यादव ?’

उनले मधेसीको बर्दिवास मेडिकल बनाउने सपना पनि तुहाएको भन्दै प्रधानमन्त्रीमाथि आक्रोश पोखे । उनले आफू कहिल्यै गुटमा विश्वास नगर्ने भन्दै जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकारले राज्यको सम्पत्ति दुरुपयोग गरेको बताए ।

उनले रसुवा बाढीपछि उद्धारमा सरकारले ढिलाइ गरेको तथा किसानहरूले मल नपाएको भन्दै सरकारको कार्यशैलीको चर्को विरोध गरे । शिक्षा र स्वास्थ्य मन्त्रीले समेत राम्रो काम गर्न नसकेको सिंहको भनाइ छ । उनले न्यायालय र कर्मचारी समेत अस्तव्यस्त भएको भन्दै प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारका कारण सरकार असफल हुन लागेको बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...