आपसी विवादमा भएको कुटपिटबाट एक जना घाइते, दुई जना पक्राउ

cp new add
Nisharg hospital

सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका–५ इनरवाका १७ वर्षीय आयुषकुमार मण्डल रहेका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का १९ वर्षी राजु यादव र वडा- नम्बर १ का २० वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए।

एसपी पाठकका अनुसार कुटपिटबाट आयुषको शरीरका विभिन्न भागमा चोट लागेको र उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचार भइरहेको छ । कुटपिट किन गरिएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...