कञ्चनपुरको बेलौरीमा मोटरसाइकल र साइकल ठोक्किँदा चार जना घाइते

cp new add
Nisharg hospital

कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

शुक्रबार राति भुडाबाट सडकघाटतर्फ गइरहेको सु.प्र.प. ०२००३ प ३४१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक ओमपाल चौधरी, पछाडि सवार रिनेभ चौधरी तथा साइकलमा सवार अमृत चौधरी र बन्धुराम चौधरी घाइते भएका छन्। प्रहरीका अनुसार चारै जनाको टाउकोमा चोट लागेको छ।

घाइते चारै जनालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...