एकाबिहानै ईभी कारमा आगलागी, चालककाे जलेर मृत्यु

cp new add
Nisharg hospital

चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। मृतकको पहिचान तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...