
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ टिनबजारस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लहरी ट्रकको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।
शनिबार राति करिब साढे ७ बजेतिर सडक पार गर्ने क्रममा बर्दगोरिया गाउँपालिका–५ बस्ने अन्दाजी ५० वर्षीय यमराज हमाललाई लहरी ट्रकले ठक्कर दिएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका छन् ।
सडकपुरबाट पूर्वतर्फ जाँदै गरेको मप्र०३००१ ख ७७७४ नम्बरको लहरी ट्रक बर्दगोरिया गाउँपालिका–५ बस्ने २३ वर्षीय विक्रमबहादुर शाहले चलाएका थिए।
ट्रकको ठक्करबाट घाइते हमालको बर्दगोरिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ।
घटनापछि ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

