
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रोकिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम फेरि सुरु हुने भएको छ । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा गर्न लागेको हो ।
यसअघि भदौ १६ गते हुने भनिएको उपहार घोषणा कार्यक्रम बाढीका कारण स्थगित गरिएको थियो ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा गर्न लागिएको छ ।
हाल असोज १ गते भदौ महिनाभरको उपहार घोषणा गर्ने तयारी गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताएका छन् । भुसालका अनुसार भदौ १ देखि १५ र भदौ १६ देखि ३१ गतेसम्मको उपहार घोषणा गरिनेछ ।
सो अवधिमा एक सय रुपैयाँ भन्दा बढीको सेवा तथा वस्तु खरिद गरेका उपभोक्तामध्येबाट ३१ जनालाई १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ र २ जनालाई बम्पर उपहारस्वरुप १०-१० लाख उपहार दिइनेछ ।

