
काठमाण्डौँ । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् ।
सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनि सोधेको प्रश्नमा प्रवत्ता जयसवालले भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।

