पेस्तोल र २५ राउण्ड गोलीसहित २ जना पक्राउ

cp new add
Nisharg hospital

रूपन्देहीमा पेस्तोल र २५ राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–६ नारायणपुरका २३ वर्षीय अमनकुमार धवलको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

धवलसँगै सोही ठाउँका २० वर्षीय सुनिल केवटलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई हतियार तथा गोलीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...