
धनगढी । कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

