गाउँपालिका अध्यक्षविरुद्ध १० वटा बैंकिङ मुद्दा

cp new add
Nisharg hospital

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ ।

सोमबार प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङविरुद्ध विभिन्न ठाउँमा १० वटा बैंकिङ कसुरको मुद्दा रहेको पाइएको हो ।

उनीविरुद्ध जिल्ला प्रहरी परिसरले अनुसन्धान सकेर ३ करोड ४ लाखको बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ । परिसर काठमाडौंले नै १ करोड ३ लाख ३० हजारको अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ ।

४८ लाखको एउटा र ९५ लाखको अर्को गरी दुई वटा बैंकिङ कुसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ । २ करोड ५६ लाखको ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौंबाट सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए ।

त्यस्तै परिसर भक्तपुरमा २ लाखको, प्रहरी र्वत्त जनसेवामा ७५ लाखको, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजारको, वृत्त लैनचौरमा १९ लाख ८० हजारको र वृत्त महराजगञ्जमा पनि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले बताएको छ ।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । तामाङ सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...