


कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले छ जना जुवाडे पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।



बुधबार दिउँसो इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भोजबहादुर ऐरले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।





प्रहरीले उनीहरूको साथबाट नगद १९ हजार १९५ रुपैयाँ र तास बरामद गरेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






