press
po

कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी

cp new add
Nisharg hospital
dhanga
Rubic

रौतहट । ​रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। कटहरिया नगरपालिका–३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

sanjiwan
Nisharg

​जैसवालका अनुसार ना ५२ प ३४८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल शुक्रबार राति सधैँझैँ घरछेउमा रहेको अतिथि कोठामा राखिएको थियो। मोटरसाइकलको ह्यान्डल लक गरेर राति करिब ११ बजे सुतेका उनी शनिबार बिहान ८ बजेतिर बाहिर जान खोज्दा मोटरसाइकल नभेटिएपछि मात्र चोरी भएको थाहा पाएका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

​सुरक्षित ठानेर घरभित्रै राखिएको मोटरसाइकल नै हराएपछि स्थानीयवासी सशङ्कित बनेका छन्। घरभित्रको कोठाबाटै मोटरसाइकल कसरी गायब भयो भन्ने विषयमा चासो र चिन्ता बढेको छ।

HAMRO DAIRY

​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। प्रहरीका अनुसार चोरी भएको मोटरसाइकलको खोजी तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि तीव्र अनुसन्धान भइरहेको छ।

​नगर कार्यपालिका सदस्यकै घरबाट मोटरसाइकल चोरी भएपछि सर्वसाधारणका सवारीसाधनको सुरक्षामाथि प्रश्न उठेको छ। प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कस्तो कदम चाल्छ भन्नेमा स्थानीयको चासो रहेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...