सर्पले डस्दा महिलाको मृत्यु

cp new add
Nisharg hospital

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बिहीबार बिहान सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया मञ्जु बञ्जारा रहेकी छन् ।

बिहान करिब पाँच बजे घर अगाडि काम गरिरहेको अवस्थामा बञ्जारालाई सर्पले डसेको थियो । उनलाई तत्कालै वीरगन्जस्थित नारायणी अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...