चिनियाँ रक्षामन्त्रीसँग प्रधानसेनापति सिग्देलको भेट

cp new add
Nisharg hospital

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नाका साथै बेइजिङमा आयोजना भएको ‘१३ औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा सहभागी हुनुभएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...