गणेशमानलाई सम्झिँदै गगनको संकल्प- समयको मागअनुसार पार्टीलाई सशक्त बनाउँछु

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अगाडि बढाउने संकल्प गरेका हुन्।

उनले भनेका छन्, ‘हामी १५ औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई सङ्गठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।’

उनले समयसँगै चुनौती पनि बदलिएको उल्लेख गरेका छन्।उनले थपेका छन्, ‘तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।’

उनले सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेताको रूपमा व्याख्या गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...