कञ्चनपुरमा ४०८ ट्याब्लेट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बाउण्ड्रीबाट ४०८ ट्याब्लेट नियन्त्रित लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेशस्थित धोला बिर्सेनपुरी, खिरी निवासी ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट PROXIOHM-SPAS- नामक नियन्त्रित लागूऔषध ४०८ ट्याब्लेट फेला पारेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...