
दार्चुला । लागूऔषध मुद्दामा तीन महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाका ३५ वर्षीय प्रेमसिंह धामी पक्राउ परेका छन् ।
नौगाड गाउँपालिका–३ निवासी धामीलाई जिल्ला अदालत दार्चुलाको २०८२ पुस १ गतेको फैसलाअनुसार सजाय भुक्तान गराउन शनिबार साँझ पक्राउ गरिएको हो ।
प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरी टोलीले उनलाई नौगाड गाउँपालिका–२ स्थित दल्लेख बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

