कैलालीमा करिब १० लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका करिब १० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी ९ लाख ९२ हजार ३२५ रुपैयाँ मूल्यका सामान बरामद गरेको हो।

बरामद सामानमा सुटपिस, ब्लाउज, बटन, हुक्स, कपडा मेसिनको सटल, इलास्टिक, सर्ट, फ्रक, कुर्ती, किरानाका सामान तथा अटो थान–१ लगायत छन्।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...