मन्दिरबाट ५५ हजार रुपैयाँ चोरी, एकजना पक्राउ

cp new add
Nisharg hospital

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको छ । चोरी भएको तीन दिनपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, गत असोज ३ गते मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको थियो । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको कमान्डमा प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटका करिब ३७ वर्षीय जयानन्द उपाध्यायलाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको हो ।

उपाध्यायलाई मंगलबार ठूलीभेरी नगरपालिका–३, दुनैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उपाध्यायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले चोरी भएको रकम तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...