भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, १६ सय बढी सशस्त्र प्रहरी परिचालनको तयारी

cp new add
Nisharg hospital

कपिलवस्तु । लुम्बिनी प्रदेशमा भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने विपद् प्रतिकार्यका लागि १ हजार ६ सय ३२ तालिमप्राप्त जनशक्तिलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । त्यसमध्ये ४ सय ४ जना विशेष उद्धार टोलीका छन् ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म मुलुकभर भारी वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने देखिएपछि प्रदेशका १२ वटै जिल्लामा जोखिमयुक्त स्थान पहिचान गरी जनशक्ति परिचालनको तयारी गरिएको हो ।

चन्द्रौटास्थित सशस्त्र प्रहरी विन्ध्यवासिनी बाहिनी मुख्यालयका अनुसार पश्चिम नवलपरासीमा ७५, रुपन्देहीमा १ सय २०, कपिलवस्तुमा २ सय २०, दाङमा ७१, बाँकेमा २ सय ६१, बर्दियामा ५ सय ८१, पाल्पामा ५१, अर्घाखाँचीमा ३०, गुल्मीमा ५८, प्युठानमा ४०, रोल्पामा ३० र पूर्वी रुकुममा १६ जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाहिनीपति डीआईजी दीपक अधिकारीले उक्त जनशक्ति सम्भावित विपद्को अवस्था हेरी परिचालन गरिने बताए ।

तयारी अवस्थामा रहेका जनशक्तिमध्ये ४ सय ४ जना विशेष उद्धार टोलीमा छन् । त्यसमा विपद् व्यवस्थापनतर्फ ३ सय १३, शव व्यवस्थापन १५, रोप रेस्क्यु २४, गोताखोर ११, हाई अल्टिच्युड उद्धार ५, ड्रोन १, मेडिकल १४, के–९ एक र सीएसएसआरतर्फ २० जना छन् । त्यस्तै १ हजार २ सय २८ जना सुरक्षा टोलीका रूपमा परिचालनका लागि तयारी अवस्थामा छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...