खोलाले बगाउँदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट छतिवन र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...