

२९ कात्तिक, धनगढी । अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फूटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमवार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।
एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्च समेत बढाएको छ। एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई ११ लाख रुपैयाँ दिने भएको छ ।
यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार रुपैयाँ तिर्दै आएको थियो ।

