
धनगढी । धनगढी उपमहानगरपालिका–तारानगरबाट हराएको से २ प ५७८५ नम्बरको स्कुटर चोरी नभई झुक्किएर लगिएको खुलेको छ।
तारानगरस्थित पोट्ली फुड्स अगाडि पार्किङ गरिएको स्कुटर राति ११ः२२ देखि ११ः३० बजेको बीचमा एक व्यक्तिले लगेको सीसीटीभीमा देखिएको थियो।
अनुसन्धानका क्रममा ती व्यक्तिले सोही स्थानमा आफ्नो स्कुटर पनि पार्किङ गरेका कारण झुक्किएर अर्काको स्कुटरलाई आफ्नै सम्झेर लगेको खुलेको हो।
स्कुटर फेला परेपछि केही क्षति भएको र लैजाने व्यक्तिले मर्मत गरिदिने बताएपछि स्कुटरधनीले प्रहरीमा दिएको निवेदनसमेत फिर्ता लिएका छन्।

