हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले ११औँ वार्षिकोत्सव मनायो, दृष्टि फाउन्डेसनलाई सहयोग

cp new add
Nisharg hospital

धनगढी । हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले ११औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । संस्था स्थापना भएको दिनको अवसर पारेर आइतबार धनगढीको दृष्टि फाउन्डेसनमा खाद्यान्न, शैक्षिक सामाग्री सहयोग गर्दै वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले वर्षभर सम्पादन गरेका महत्वपूर्ण कार्यको प्रगती समेत प्रस्तुत गरिएको छ । संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले शल्यक्रिया तथा रगत अभाव भएका १६९ बिरामीका लागि १०२ पिन्ट गरि ३९८ पिन्ट आपतकालीन रगत व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

यस्तै, ११ जना बिरामीलाई औषधी सहयोग, विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन, छाडा पशुुचौपायाको उपचार र उद्दार, कृषि सम्बन्धी सीपमा आधारित सचेतना, प्राकृतिक प्रकोप र विपद्मा सहयोग, ज्ञान बाडौँ ज्ञान बढाउन कार्यक्रमलाई निरन्तरता दिइएको पनि भण्डारीले बताए ।

उनकाअनुसार १३ जनालाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा, विपन्न तथा असहायलाई एम्बुलेन्स सेवामा सहयोग, वेवारिसे व्यक्तिको उद्दार तथा पारिवारीक मिलन, ३५० पिस निःशुल्क कपडा दान, धनगढीको जेन्जी मार्गमा हुने भजन कार्यक्रममा उल्लेखनीय सहभागीता जनाएर सहयोग गर्ने काम समेत भइरहेको छ ।

संयोजक भण्डारीले अगामी दिनमा समेत निस्वार्थ भावनाले सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको प्रमुख आथित्यतामा भएको स्थापना दिवस विशेष कार्यक्रममा भट्टले सहयोगका लागि संस्थाप्रती कृतज्ञता प्रकट गरेकी छन् ।

यसैबीच, हेल्प फर हेप्पिनेसले वर्षभरी सर्वोत्कृष्ट कार्य गर्ने संस्थाका सदस्य र अन्य सामाजिक व्यक्तिलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ । हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले ११औँ वार्षिकोत्सव उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा वर्षभरी सबैभन्दा बढि रक्तदान गर्ने इमर्जेन्सी रक्तदाता मोहन बिस्ट, सबैभन्दा बढि रक्तदान गर्ने र रगत व्यवस्थापन गर्ने संस्थाकै सदस्य आशिष केसी र परमानन्द जोशी रहेका छन् ।

यस्तै, संस्थाका हरेक मानवीय, सामाजिक तथा आर्थिक सेवाका अभियानहरूमा अग्रपंक्तिमा रहेर विपन्न, गरिब र असहाय वर्गको सेवामा निरन्तर सहयोग पु¥याउने भिम बहादुर बिष्ट , सोनिया जोशी र दिलेन्द्र प्रसाद जोशीलाई पनि सम्मान गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...