कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital

बाग्लुङ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।
पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको ढिकबाट खसेर आइतबार बेलुका मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले घटनाको पुष्टि गरेका छन्।

यसैबिच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो मानवीय क्षति पुगेको छ। आइतबार मात्रै पहिरो र दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। यसअघि शनिबार पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।

प्रहरी प्रमुख प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। त्यसैगरी निसीखोला गाउँपालिकामा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।

राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासन तथा प्रहरी टोली प्रभावित क्षेत्रमा खटिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...